कोरोना भाइरसले बालबालिकाको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ? यसो भन्छन् चिकित्सा मनोविद्

+
-

काठमाडौँ – हिजोआज कोरोना भाइरस भन्नासाथ मानिसहरुले सुरक्षित बस्न सक्यो भने सामान्य हो भन्न थालिसकेको अवस्था छ। यद्यपि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दिन प्रतिदिन बढ्दो छ।

कोरोना भाइरस संक्रमणले बालबालिकामा कस्तो प्रभाव परेको छ त? के उनीहरुले संक्रमणलाई सामान्य लिएका छन्। कोरोना भाइरस संक्रमणले गर्दा बालबालिकाको दैनिक चर्या र विकासमा प्रत्यक्ष प्रभाव परेको कान्ति बाल अस्पतालका चिकित्सा मनोविद् अन्जन ढकाल बताउँछन्।

सरकारले कोरोना भाइरस रोकथामका लागि भनेर जारी गरेको विभिन्न आदेशका कारण बालबालिका घरभित्रै बस्न बाध्य भए। विद्यालयहरुले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् जसले गर्दा बालबालिका मोबाइल र इन्टरनेटमा रमाउने, बाहिरी वातावरणमा रमाउन नचाहने स्वभावका भए।

‘बालबालिका जुन समयमा क्रिएटिभ हुनुपर्ने हो त्यो समयमा मोबाइल र इन्टरनेटभन्दा अरु केही विकल्प भएन। लकडाउनले गर्दा बाहिरको संसारलाई उनीहरुले खास ठानेनन्। त्यसैले बालबालिकामा मनोवैज्ञानिक रोगसमेत बढ्यो’, उनी भन्छन्, ‘बालबालिकालाई यो कोरोना भाइरस सधैँ रहँदैन, केही समयको लागि मात्र हो भन्ने कुरा अभिभावकले बुझाउनु एकदमै जरुरी छ।’

बालबालिकालाई मानिसक रोगको सिकार हुन नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने ढकाल बताउँछन्। कोरोना संक्रमण सँगसँगै बालबालिकामा मानसिक रोगसमेत बढ्दै गएको उनको भनाइ छ।

बालबालिका लामो समयसम्म लगातार मोबाइल चलाउने प्रवृत्ति बढेका कारण छिट्टै रिसाउने, अरुले भनेको नमान्ने, भित्रभित्रै धेरै सोच्ने जस्ता व्यवहारहरु देखाउने गर्दछन्। ‘बालबालिका सामान्य कुरालाई धेरै सोच्दासोच्दै मानसिक रोगको सिकार भएको पत्तै पाइँदैन’, उनी भन्छन्, ‘बालबालिकामात्र होइन मानिस मानसिक रोगको सिकार बन्नुको मुख्य कारण नै तनावलाई सन्तुलन गर्न नसक्नु हो।’

मानसिक रोग पनि अन्य रोग जस्तै एउटा सामान्य रोग हो भन्ने कुरा हाम्रो समाजमा बुझाउन आवश्यक रहेको उनी बताउँछन्। ढकाल भन्छन्, ‘मानसिक रोगी भन्नेबितिक्कै हाम्रो समाजमा छुट्टै रुपमा हेर्ने चलन छ तर त्यस्तो हुँदै होइन, उनीहरु पनि एक सामान्य बिमारी जस्तै हुन्।’

मानसिक रोगका बिरामीहरुलाई उनका अभिभावक वा नजिकका मानिसहरुले उनलाई बुझ्न आवश्यक रहेको उनको भनाइ छ। कोरोनाकै कारण आर्थिक, सामाजिक, मानसिक प्रभावले मानसिक रोगको सिकार बनेका छन्। त्यसैले मानिसहरुले कोरोना सधैँ रहिरहने होइन, केही समयको लागि मात्र हो भन्ने कुरा बुझ्न जरुरी रहेको उनी बताउँछन्।

भिडियाे तथा तस्बिरहरु : रविन आचार्य

पूरा सुन्नुहाेस् चिकित्सा मनोविद् अञ्जन ढकाललाई –

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?