
काठमाडौँ- काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा १ सय १ काम गर्छु भनेको र त्यसमा प्रदूषण नियन्त्रण गर्ने भनिएपनि निर्वाचित भएको १ वर्ष पुगिसक्दा प्रदूषण नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो।
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको नेतृत्वमा मास्क लगाएर महानगर अगाडि विरोध गरिएको थियो। प्रदर्शनकारीले ‘मेयर आऊ मास्क हटाऊ, एक वर्ष बित्यो मास्क मात्रै बिक्यो, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।