
धुम्रपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइए पनि सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरुको ठूलो संख्या राज्यका लागि चुनौती बनेको छ।
हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको थियो।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवसका दिन देशसञ्चारकी फोटो पत्रकार बर्षा शाह राजधानीका विभिन्न स्थान पुगेर सार्वजनिक स्थलमा धु्म्रपान गर्नेहरुको तस्बिर लिएकी थिइन्।