विश्लेषकको आँकलन विपरित कसरी बढ्यो एप्पलका उत्पादनको बिक्री?

विश्लेषकको आँकलन विपरित कसरी बढ्यो एप्पलका उत्पादनको बिक्री?
+
-

विश्वव्यापी रुपमा माइक्रोचिप्सको कमका बाबजुद गएको क्रिसमसका बेला एप्पलको आइफोनसहितका उत्पादनको बिक्री बढेको देखिएको छ ।

एप्पलका उत्पादनको बिक्रीमा कमी आउने अनुमान गरिएको थियो । तर ती अनुमानहरुलाई गलत साबिद गर्दै गएको अक्टोबरदेखि डिसेम्बरसम्ममा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो । एप्पलले सो अवधिमा १२३.९ अर्ब डलर बराबरको बिक्री गरेको हो ।

सार्वजनिक भएको प्रतिवेदनमा एप्पलका उत्पादनको बिक्री बढ्ने क्रम जारी रहने उल्लेख छ । योसँगै कम्पनीको शेयर मूल्य चार प्रतिशतले बढेको छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरु धेरै समय अनलाइनमा रहेकाले एप्पलको बिक्री बढेको हो ।

गएको वर्ष विश्लेषकहरुले विश्वव्यापी रुपमा देखिएको माइक्रोचिप्सको अभावले एप्पलको बिक्री प्रभावित हुने चेतावनी दिएका थिए । तर गएको बिहीबार एप्पलले आफ्नो त्रैमासिक तथ्यांक जारी गरेर बिक्री बढेको जनाएको हो ।

एप्पलका उत्पादन मध्ये म्याक बुकको बिक्री १३ प्रतिशत र आइफोनको बिक्री ९ प्रतिशतले बढेको हो। तर आइप्याडको बिक्रीमा भने १४ प्रतिशत गिरावट आएको छ । यसले कम्पनीको समग्र बिक्रीलाई भने खासै प्रभाव पारेको छैन ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष