श्रम मन्त्रालयमा कल सेन्टर स्थापना : वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गरिने

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना : वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गरिने
+
-

काठमाडौँ – सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङ्गणमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन्।

कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाइ गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ। नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैले सो कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताए।

उनले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए।

‘नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेको कल सेन्टरबाट त्यहाँ आउने गुनासो र त्यहाँ आउने कलहरुमा अलि प्रभावकारिता नभएको हो कि भन्ने हाम्रो मन्त्रालयको सचिवज्यू, मलगायतको टिमलाई लागेपछि यो कल सेन्टर मन्त्रालय प्राङ्गणमै स्थापना गरिएको हो’, मन्त्री श्रेष्ठले भने, ‘यसले तत्काल वैदेशिक रोजगारमा गएकाहरुको गुनासोको सम्बोधन गर्नेछ। विगत एक महिनायता भिजिट भिसामा जानेहरुलाई विचौलिया वा भनौ न दलालहरुले अलपत्र पारेपछि पनि ती गुनासाहरुलाई तत्काल सम्बोधन गर्न पनि मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो।’

त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरुबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि विचौलियाहरुलाई अपिल गरे। उनले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यामहरुलाई पनि पटकपटक आग्रह गरेका थिए।

सो कल सेन्टरमा ६ जना कर्मचारीहरुले २४ सै घण्टा सेवा दिनेछन्। मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे।

उनले सो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै लैजाने विश्वाससमेत व्यक्त गरे।

सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?