
विष्णु तिवारी
माघ २२, २०७८

अ
+
अ
अ
-
स्याहा श्रेस्ता बही केरेर खाए
जग्गा जमिन पर्ति घेरेर खाए।।
इमान्दार वफादार दरिनै पर्यो
माथिकाले भनेका टेरेर खाए।।
एकै ठाउँ हुँदा कति चट पारे
उहिजन ठाउँ ठाउँ फेरेर खाए।।
भर्खरको भर्ति नयाँ ठाउँ पुग्यो
जेठादाइले चपाएको हेरेर खाए।।
सिकार देख्दा मुख भरि पानी
लामकिराले जस्तै बेरेर खाए।।

