आमाको नाममा पाँच लाखको अक्षयकोष

आमाको नाममा पाँच लाखको अक्षयकोष
+
-

बाग्लुङ – बागलुङ नगरपालिका–२ का सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

श्रेष्ठ दम्पतीले राजभण्डारीका नाममा हालै गठित भद्रकाली सेवा समूहमा सो अक्षयकोष खडा गरेका हुन्।

अक्षयकोषमार्फत शिक्षा, स्वास्थ्य, कला र मानवीय सेवाका क्षेत्रमा कार्य गरिने समूहका अध्यक्ष काजी रोशनले बताए। समूहले छोरीलाई मिर्गौला दान गर्ने बानपा–२ की पार्वती श्रेष्ठलाई सम्मान र वडा नं ३ की रिया राजभण्डारीको स्नातक तह अध्ययनको सबै खर्च व्यहोर्नसमेत निर्णय गरेको छ ।

पार्वतीले छोरी बिरन्तीलाई २०७४ सालमा मिर्गौला दान गरी नयाँ जीवन दिएकामा सो कार्यको सराहना गर्दै सम्मान गरिएको अध्यक्ष रोशनले बताए। यस्तै न्यून आय भएकी रियालाई अर्थाभावकै कारण पढाइमा समस्या आएपछि बिबीएस अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।

अक्षयकोषबाट आउने ब्याज रकमबाट वर्षेनी सम्मान, पुरस्कार र छात्रवृत्ति प्रदान गरिनेछ । अध्यक्षकोषको संरक्षक पनि श्रेष्ठ दम्पती रहेका छन्। सामाजिक सेवाको उद्देश्यले आमाको स्मृतिमा संस्था गठन गरी अक्षयकोष स्थापना गरिएको संरक्षक सुन्दरी श्रेष्ठले बताइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष