मरिसकेको छोराको शुक्राणु किन माग्दैछन् आमाबुवा?

मरिसकेको छोराको शुक्राणु किन माग्दैछन् आमाबुवा?
+
-

दिल्ली उच्च अदालतमा आमाबुवाले अनौठो किसिमको निवेदन दर्ता गरेका छन्। निवेदनमा ‘सर गंगाराम अस्पताललाई उनीहरुको मृत छोराको शुक्राणु उपलब्ध गराइदिन निर्देशन दिन’ भनिएको छ।

तर गंगाराम अस्पतालले उच्च अदालतमा यस विषयमा जवाफ फर्काएको छ, ‘एक मृत अविवाहित पुरुषको शुक्राणु कसलाई दिने, यसलाई लिएर ‘असिस्टेड रिप्रडक्टरी एक्ट’ (आर्ट), सेरोगेसी बिल अथवा आईसीएमआरको कार्यविधिमा केही भनिएको पाइएन।’

अस्पतालले ३ फ्रेब्रुअरीमा यो जवाफ फर्काएको थियो। जसको सुनुवाइ बिहीबार हुँदैछ।

जुन व्यक्तिको शुक्राणु माग गरिएको छ, ती सन् २०२० जुन महिनामा सर गंगाराम अस्पतालमा भर्ना भएका थिए। उनलाई क्यान्सर भएको थियो।

उनी अविवाहित थिए। किमोथेरापीभन्दा अगाडि बिरामीको शुक्राणु (सिमेन) लाई सुरक्षित राख्ने सल्लाह दिइयो किनभने किमोथेरापीको समयमा प्रयोग हुने रेडियशनले शरीरमा नकारात्मक प्रभाव छोड्न सक्छ। यसले बाँझोपन हुन सक्ने भएकोले उनको सिमेन सुरक्षित राखिएको थियो।

उपचारको क्रममा उक्त बिरामी दोस्रो अस्पतालमा सिफ्ट भए। सेप्टेम्बर २०२० मा यी बिरामीको मृत्यु भयो।

बिरामीको मृत्युपछि आमाबुवाले सर गंगाराम अस्पतालमा सुरक्षित राखिएको सिमेन फिर्ता दिनको लागि अपिल गरे, तर अस्पतालले उक्त अनुरोध अस्वीकार गर्‍यो। त्यसपछि यो मुद्दा अदालतमा पुगेको छ।

वकिल कुलदीप सिंह भन्छन्, ‘निवेदकका अनुसार उनीहरुसँग छोराको यहीमात्र निशानी छ। अस्पतालले यो फिर्ता नदिएर उनीहरुमाथि अन्याय गरिरहेको छ।’

निवेदकले यो सिमेन लिएर आफ्नो वंश अगाडि बढाउन चाहेको उल्लेख गरेका छन्। दिल्लीको उच्च अदालतले अस्पतालसँग यसबारेमा जवाफ मागेको थियो।

अस्पतालले अविवाहित पुरुषको सिमेनकाे कानुनी उत्तराधिकारी को हुने भनेर ‘आर्ट एक्ट’ २०२१ मा उल्लेख नगरिएकोले नदिएको जनाएको छ।

यो ऐनअनुसार सिमन उनकी पत्नी अथवा दाताको तर्फबाट नामांकित महिलाले मात्र प्रयोग गर्न पाउँछिन्। यस्तै भण्डारणको समयमा यदि भण्डारण शुल्क भरिएन भने उक्त सिमेनलाई नष्ट गर्ने अधिकार भण्डारण गर्नेको हुन्छ।

यदि दाताको मृत्यु भएमा उनको कानुनी उत्तराधिकारी अथवा दाताले उल्लेख गरेको हकवालाले सिमेन पाउने व्यवस्था छ। दाताले सिमेन निकाल्ने समयमा काजगपत्रमा जुन व्यक्तिलाई हकवाला तोकेको छ, उसैले यो सिमेन प्राप्त गर्न सक्छ।

यदि दाताको मृत्युपछि कोही हकवाला रहँदैन भने उसले यो सिमेन नष्ट गर्न अथवा अनुसन्धान केन्द्रमा पठाउन सक्छ।

दिल्लीको उच्च अदालतमा आएको यो मुद्दा भावनात्मक रहेको छ। अदालतका वकिल सोनाली करवासरा भन्छिन्, ‘यो जोडीलाई बाँच्नको लागि आशा बनेको छ यो सिमेन। तर बच्चा जन्मेपछि यो बच्चाको हेरचाहको जिम्मेवारी कसले लिन्छ?’

अर्को सिमेन माग गरिरहेका मृतकका आमाबुवा फेरि बच्चालाई पालनपोषण गर्न सक्ने अवस्थामा छन् कि छैनन्?

महाराष्ट्रको पुणेमा सन् २०१८ मा यस्तै एउटा मुद्दा आएको थियो। जहाँ डाक्टरले प्रमेश पाटिलकीको सिमेन उनकी आमा राजश्री पाटिललाई दिएको थियो। उनी सरोगेसीमार्फत जुम्ल्याहा बच्चाको हजुरआमा बनेकी थिइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष