रसुवागढीबाट आयात हुन थाल्यो

रसुवागढीबाट आयात हुन थाल्यो
+
-

रसुवा – हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ ।

चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो ।

चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो ।

हिमपातका कारण चिनियाँ सवारी साधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारी साधनमा पल्टिभई परीक्षणका लागि भन्सार हातामा पठाई सकिएको छ ।

आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन् ।

बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन् ।

आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौँ ढुवानीका लागि सयौँ नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन् ।

भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि माघ २६ गतेसम्म रु चार अर्ब ७६ करोड ६० लाख ५२ हजार राजस्व सङ्कलन भएको हो ।

रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर मात्रै छ । रसुवागढी नाकाबाट हुँदै आएको आयात–निर्यात झन्डै दुई वर्षयता पटकपटक प्रभावित हुँदै आएको छ । विभिन्न पर्व, हिमपात, पहिरो र कोरोना महामारीका कारण पटकपटक नाका बन्द भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?