एकीकृत समाजवादीको वैधानिकताबारे प्रश्न उठाए सह्य हुन्न – माधवकुमार नेपाल

एकीकृत समाजवादीको वैधानिकताबारे प्रश्न उठाए सह्य हुन्न – माधवकुमार नेपाल
+
-

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य नहुने चेतावनी दिएका छन्।

एमालेले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधीन रहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो। उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावीसमेत गरे।

काठमाडौँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने स्पष्ट पारे।

उनले स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए। ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं। र, सांसदको रुपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौं। यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं’, नेता नेपालले भने, ‘स्थानीय तहको चुनाव बैशाख ३० गते तोकिसकिएको छ। अब हाम्रो सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो। सबै तहको निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर जानेछ।’

उनले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको बताए। एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उनको भनाइ थियो।

‘अमेरिकाबाट प्राप्त भएको सहयोग एमसीसीमा नेपाली समाजमा निकै ठूलो बहस र विवाद बनेको छ। यो विषयको बारेमा हामी अझै पनि छलफल चलाइरहेका छौँ’ नेता नेपालले भने, ‘जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौँ। आशंका के–के छन्, त्यो पनि बुझ्न चाहिरहेका छौँ। जनताको भावनामा ठेस नपुग्ने गरी, देशको हितमा कुठाराघात नहुने गरी र सबै मित्रराष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम हुने गरी हामी अगाडि बढ्न चाहिरहेका छौँ। हामी देशलाई कुनै किसिमको विश्वको रणभूमिको मैदान बनाउन चाहदैनौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?