कांग्रेस भातृ संस्थाले दिए अध्यादेश पारित गर्न दबाब (भिडियोसहित)

+
-

काठमाडौं-नेपाली कांग्रेसका भातृ संस्थाहरुले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिले पारित नगरेको भन्दै बिरोध गरेका छन्।

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष भरतप्रसाद खरेल  र नेपाल दलित संघका का.वा. अध्यक्ष शम्भुहजारा पासवानले संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिलाई अध्यादेश पारित गरी राष्ट्रिय सभा गठनको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन्।

सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले पारित गर्नु पर्ने भन्दै कांग्रेसका भातृ संस्थाहरुले राष्ट्रपतिलाई संविधान बमोजिम अघि बढ्न सचेत गराएका छन्।

उनीहरुले राष्ट्रिय सभाको निर्वाचन नभई प्रतिनिधि सभा गठन हुने नसक्ने दाबी गरेका छन्।

एमाले राष्ट्रिय सभा निर्वाचनको एकल संक्रमणीय प्रणालीको विरोध गर्दै राष्ट्रपतिलाई अध्यादेश पारित नगर्न आग्रह गर्दै आएको छ। एमाले राष्ट्रिय सभा बहुमतीय निर्वाचन प्रणालीका आधारमा गठन हुनु पर्ने पक्षमा छ।

मुख्य राजनीतिक दलहरु बीच सहमति हुन् नसक्दा सरकारले सिफारिस गरेको अध्यादेश  पारित हुन् सकेको छैन।

भातृ

नेविसंघ अध्यक्ष आक्रोशित

पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष नैनसिंह महर आकोशित भएका छन्। पत्रकारले नेविसंघले आइतबार पनि राष्ट्रपतिको विरोध गर्दै कार्यक्रम गरेको थियो, आज पनि पत्रकार सम्मेलन हुँदैछ, के यी सबै कार्यक्रम एउटै हुन् भन्ने प्रश्नमा महरले आक्रोशित हुँदै भने तपाईँले जे सोचेर आउनु भएको हो, त्यही हो! भन्ने जवाफ दिएका थिए।

आइतबार त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले राष्ट्रपतिले अध्यादेश पारित नगरेको भन्दै बिरोध प्रदर्शन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?