
बुटवल– रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट ‘राहुल’ र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरेका हुन्।
उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार स्वागत गरेका छन्।
यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।