प्रधानमन्त्रीद्वारा सभामुखलाई फोन गरी कार्यव्यवस्थाको बैठक राख्न आग्रह, संसदमा एमसिसी पेश हुने सम्भावना

प्रधानमन्त्रीद्वारा सभामुखलाई फोन गरी कार्यव्यवस्थाको बैठक राख्न आग्रह, संसदमा एमसिसी पेश हुने सम्भावना
+
-

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको बैठक स्थलबाट नै सभामुख अग्नि सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका छन्।

उक्त बैठकमा मिलिनियम कर्पोरेशन कम्प्याक्ट (एमसिसी) टेबल गर्ने विषय संसदीय दलको बैठकमा मत मिलेपछि दलका नेता समेत रहेका प्रधानमन्त्री देउवाले बैठक स्थलबाटै सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका हुन्।

बैठकका बिचमा बाहिर निस्किएका नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले भोलीको बैठकमा एमसिसी टेबल हुन सक्ने संभावना रहेको बताए।

उनले भने, ‘यस विषयमा हाम्रो छलफल भयो। पूर्व अर्थमन्त्री समेत रहेका डा राम शरण महतले एमसिसीको बारेमा ब्रिफिङ गर्नुभयो। उहाँले पनि यो सम्झौता नेपालको हित विपरित छैन। विश्वका अन्य ९,१० देशमा पनि यो कार्यान्वयन छ त्यहाँ अमेरिकी सेना आएका छैनन्। जुन हल्ला चलाइएको छ त्यो बेठीक हो भन्नु भएको छ।’

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?