नेपाली साहित्यमा ‘झर्रो’ शब्दको प्रयोग गर्ने पहिलो स्रस्टा तारानाथ शर्मा

नेपाली साहित्यमा ‘झर्रो’ शब्दको प्रयोग गर्ने पहिलो स्रस्टा तारानाथ शर्मा
+
-

काठमाडौँ– म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँस्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ… तिनका वरिपरिका बाजाहरू सहनाइ र कर्नाल हुन्थे…

नेपाली साहित्यमा गुन्जिरहने यी रचनाका लेखक हुन्, साहित्यकार तथा समालोचक तारानाथ शर्मा। उनको मंगलबार बिहान निधन भएको छ।  

नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवानियात्रा विधाका संस्थापक लेखकनिबन्धकारकथाकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो।

इलामको बरबोटेमा जन्मिएका उनले संस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए। शर्माले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्। साहित्य क्षेत्रमा रुचि राख्ने जो–कोही उनको नाम गर्वका साथ लिने गर्छन्। शर्माको निधनले नेपाली साहित्य क्षेत्र यतिबेला स्तब्ध बनेको छ।

उनलाई सम्झने धेरै आधारहरु भएपनि नियात्रा लेखनका प्रखर तथा कुशल समालोचक भनेर नै चिन्न उचित हुने साहित्यकार तथा प्राध्यापक डा. गोविन्दराज भट्टराई बताउँछन्।

२०१२/१३ सालदेखि करिब एक दशकसम्म लैनसिंह बाङ्देलले पहिलो पटक बेलायत र फ्रन्समा बसेर केही किताबहरु लेखेका थिए। विदेशी साहित्य तथा विदेशी संस्कृति लेख्ने उनी पहिलो व्यक्ति हुन्। त्यसको करिब एक दशकपछि तारानाथ शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रह लेखेका हुन्। उक्त निबन्ध संग्रहबाट शर्माले २०२६ सालमा मदन पुरस्कारसमेत प्राप्त गरेका थिए।

‘लैनसिंह बाङ्देलले विदेशी साहित्य रचनाको सुरुवात गरेको भएता पनि आजसम्म शर्मालाई नै विश्व साहित्यकोविश्व संस्कृतिको विषय नेपाली साहित्यमा भित्र्याउने एउटा अमर स्रष्टाको रुपमा तारानाथ शर्मालाई नै लिने गरिएको छ, भट्टराई भन्छन्, ‘उहाँको भाषामा नै जादु भएको हुँदा नियात्रा विधालाई उच्च बनाउनुभयो र पाश्चात्य संस्कति साहित्यलाई नेपालीमा सरल भाषामा बुझाउनमा उनको महत्वपूण भुमिका रहेको छ।  

पाश्चात्य साहित्यलाई निबन्धका रुपमा नेपाली भाषामा भित्र्याउने पहिलो नेपालीको रुपमा शर्मालाई लिन सकिने साहित्यप्रेमीहरु बताउँछन्।

नयाँ तरिकाले समालोचना लेख्ने तथा लेखाउने कामा पनि शर्मा सरिक थिए। शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहालबालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए।

साहित्यमा बोलीचालीको भाषा प्रयोग गर्ने अर्थात ‘झर्रो‘ शब्दको प्रयोग शर्माले नै गरेका हुन्। नेपाली साहित्य क्षेत्रमा मात्र नभइ नेपाली भाषा विदेशमा चिनाउनमा पनि शर्माको महत्वपूण भूमिका छ, भट्टराई भन्छन्, ‘अमेरिका बसेर पनि नेपाली भाषा पढाउने काम पनि उहाँले गर्नुभएको छ।

साहित्यमा नेपाली शब्दको प्रयोगका बारेमा शर्माले बुझाएको साहित्यप्रेमीहरुले बताउने गरेका छन्। नेपाली साहित्यलाई अंग्रेजी साहित्यमा अनुवाद गरी बुझाउने काम पनि शर्माले गरेका छन्। उनले द राइजिङ नेपालको सम्पादक भएरसमेत केही समय काम गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?