
बुटवल – गुल्मीको मुसिकोटमा एम्बुलेन्समा आगजनी भएको छ।
मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा मंगलबार राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए। आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ।
एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याएका थिए। मुसिकोट वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्य चौकीलाई दिएका थिए।