
काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् । भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे फेरि बिरामी परेका हुन् ।
घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।
राष्ट्रकवि घिमिरेलाई बाइल्याट्रल निमोनिया भएको उपचार संलग्न डाक्टरले बताएका छन्।