सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आज एकै समयमा दुई खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आज एकै समयमा दुई खेल
+
-

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत एघारौं चरणको अन्तिम दिन बिहीबार दुई खेल हुँदै छन्। दुबै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्।

त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थानमा रहन चाहन्छ। एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ।

मनाङ १० खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ। एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा छ। संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा छ।

जारी लिगमा दुई खेल बाँकी रहँदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?