
तासको घर
भत्कने तयारीमा
हिउँदे हुरी !
दाता दौडिए
गौँडा गौँडामा खाल्डा
उफ्रदै लड्दै ।
भिखारीहरू
कमाण्डलु–प्वाल
सीदा अडे पो ।
डलरे लिसो
डाली मासेर मान्छे
पक्षी पछार्दै ।
खैरा मान्छे त
चारकिल्ला चाहार्दै
काजी कान्लामा ।
कोट लाउँदै
बालकोटमा लर्को
काका चौकोट ।
भ्यागुताहरू
ट्वार ट्वार ध्वनिमा
सर्पको फँडा ।
मिलेकै जाती
दाइ बा काकाहरू
निल्न जान्याछन् ।
सुसायो सल्ला
गीत बनेर आफै
लजायो प्रीत !
प्रेमको भाषा?
आले–ओली पुराण
सुन्दै तर्सिंदै।