चितवनमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

चितवनमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
+
-

काठमाडौँ – कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी यही फागुन १३, १४ र १५ गते चितवनको चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालिको आयोजनाम हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका १५० भन्दा बढी स्टलहरु रहनेछन्।

उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिंचाइ र विषादीरहित कृषिका बारेमा तालिम एवं गोष्ठीसमेत सञ्चालन हुने कम्पनीका प्रबन्ध निर्देशक भट्टराई जानकारी दिए।

प्रर्दशनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिलगायत कृषकहरुले आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने उनले विश्वास व्यक्त गरे।

उनका अनुसार प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, मेसिनदेखि डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूल्ठूला उपकरणहरुको प्रदर्शनीलगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ।

प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र त्यसको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ।

प्रदर्शनीसँगै नेपाल फुड एण्ड वेभेरेज एक्स्पो पनि आयोजना हुन भएको छ। प्रदर्शनीमा फुड एण्ड वेभेरेज एक्स्पोअन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिङलगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरण समावेश रहने बताइएको छ।

कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देशभरबाट आउने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रमसमेत हुने कम्पनीले जनाएको छ।

प्रदर्शनीको उद्घाटन बागमती प्रदेशकी कृषिमन्त्री बसुन्धरा हुमागाईले फागुन १३ गते बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’