
काठमाडौँ – काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो।
शिवरात्रिसम्ममा पेन्टिङ सक्ने गरी काम भइरहेको छ। यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ। ‘वेदर कोट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ।
तस्बिरहरु : न्युज कारखाना