पलको आरोपपछि दुर्गेशकाे स्पष्टीकरण – दुई वर्षपछि विवाह गर्ने समझदारी थियो, पलले हामीलाई नै दोष लगाए

पलको आरोपपछि दुर्गेशकाे स्पष्टीकरण – दुई वर्षपछि विवाह गर्ने समझदारी थियो, पलले हामीलाई नै दोष लगाए
+
-

काठमाडौँ – नायक पल शाहविरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा नाबालिकामाथि जबरजस्ती करणी गरेको उजुरी पर्‍याे। उजुरीपछि प्रहरीले पक्राउ गर्नुपूर्व नै नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै केहीकाे नाम सार्वजनिक गरे।

पलले सार्वजनिक गरेकाे नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका छन्।

पलले नाम उल्लेख गरेपछि दुर्गेशले देशसञ्चारसँग फोन संवादमा भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।’

दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

‘मायालाई केहीले किन्न सक्नुहुन्छ तपाईले, अहिले आएर षड्यन्त्र भन्न मिल्छ?’, उनले प्रश्न गरे, ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।’

दुर्गेशले थपे, ‘मेरो पनि भोलि छोरी होला, दिदीबहिनी छन्, पलको आफ्नै बहिनी छ, त्यो सोचेर अगाडि बढ्नु पर्‍याे। हामी त जे थाहा छ, त्यो बोल्दिने हो, अहिलेसम्म साथी हो, उसको कुरा बाहिर नआओस् भनेर नबोली हिँडेको हो, उसले नै बोल्छ भने अब हामी पनि बोल्छौँ।’

यो पनि पढ्नुहोस्

अडियो सार्वजनिक गर्दै नायक पलले भने – मलाई सुनियाेजित ढंगले फसाउन खाेजियाे

अडियो सार्वजनिक गर्दै नायक पलले भने – मलाई सुनियाेजित ढंगले फसाउन खाेजियाे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?