दुई साताभित्र नयाँ सरकार बन्छ-नेता राई

दुई साताभित्र नयाँ सरकार बन्छ-नेता राई
+
-

काठमाडौँ-नेकपा (एमाले)का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्‍ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्‍ने बताए।

उनले भन, ‘ राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको छ, राजनीतिक सहमतिमा अध्यादेश टुङ्गो लगाउनुपर्छ’, उनले भने। राष्ट्रियसभा गठन अध्यादेशबारे पार्टीभित्र भएको सहमति काँग्रेसले तोडेको उहाँको भनाइ थियो।

नेता राईले मुलुकलाई स्थिर, सुशासन र शान्तिको बाटोमा लैजान जनताले वाम गठबन्धनलाई बहुमत दिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पारे।

पूर्वमन्त्री राईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल अगाडि बढिसकेको भन्दै पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे समझदारीमा निर्धारण हुने स्पष्ट पारे।

प्रदेश नं १ को मुख्यमन्त्रीका रुपमा समेत हेरिनुभएका नेता राईले उक्त प्रदेशमा भएका प्राकृतिक सम्पदाको प्रयोग गरेर नमूना प्रदेश बनाउने बताए। ‘प्रदेश नं १ को विकासका लागि मैले गुरुयोजनासमेत बनाइसकेको छु’, उनले भने।

यो पनि हेर्नुहोस्:

प्रदेश १ को मुख्यमन्त्री मै बन्छुः शेरधन

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?