ग्वाटेमालामा ज्वालामुखी बिस्फोट : २५ जनाको मृत्यु, १० लाख प्रभावित

ग्वाटेमालामा ज्वालामुखी बिस्फोट : २५ जनाको मृत्यु, १० लाख प्रभावित
+
-

ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा २५ जनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुँदा झण्डै ३०० जना भन्दा बढि घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी उडेको बिबिसीले उल्लेख गरेको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

ज्वालामुखी बिस्फोटबाट उडेको खरानी टाढासम्म पुगेको छ । तस्बिर : एएफपी/गेट्टी इमेज

यस्तै राजधानीमा रहेको ला अउरोरा विमानस्थल बन्द भएको छ । राष्ट्रपति जेमी मोलालेसले राष्ट्रिय आपलकालीन उद्धार तथा राहतको काम भइरहेको बताएका छन् ।

ज्वालामुखीबाट लाभा निस्किएको र त्यो बस्ती तिर आएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयका सर्गिओ काबानासले स्थानीय रेडियो स्टेसनलाई बताएका छन् ।

उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उद्धार, राहत तथा खोजीको काम भइरहेको जनाएको छ । ज्वालामुखी बिस्फोटका कारण झण्डै १० लाख मानिस प्रभावित भएका छन् ।

सरकारी अधिकारीले सबैलाई मास्क लगाउन आग्रह गरेका छन् । तस्बिर : एएफपी/गेट्टी इमेज

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?