
हुन त कसैसँगको प्रेम सम्बन्ध टुटेपछि धेरै कुराहरु सहनु पर्छ, तर सबैभन्दा गाह्रो कुरा भनेको ‘ब्रेकअप’ को असजिलोबाट बाहिर निस्कनु नै हो ।
साथीभाइ वा भेट हुनेले ब्रेकअपको कुरा उप्काउने बित्तिकै त्यसको असर दिमागदेखि मनसम्म पर्छ । प्रेम टुटेपछि कन्सिडर गर्नु पर्ने कुराहरु भन्दा पनि त्यसले दिएको मानसिक तथा आत्मिक चोटबाट बाहिर निस्कनु सबैभन्दा चुनौतीपूर्ण कुरा हो ।
ब्रेकअप वा सम्बन्ध विच्छेदले हामीमा विभिन्न तरिकाले असर गरेको हुन्छ । आज हामीले ब्रेकअप वा सम्बन्ध विच्छेदका कारण हुने प्रमुख ५ असरका बारेमा कुरा गर्दैछौँ ।
१) एन्टी–सोसल बिहेविअर, असामाजिक व्यवहार
एएसबिओ अर्थात एन्टी–सोसल बिहेविअर अडरका बारेमा हामी मध्ये धेरै सुनेका छौँ । झट्ट बुझ्दा यो किशोर किशोरीमा बढी हुन्छ भनेर ठानिन्छ । तर ब्रेकअप वा सम्बन्ध विच्छेदपछि धेरैमा यो व्यवहार देखिन्छ । यो समयमा धेरै कुरा मन पर्न छोड्छ ।
मानिस निराश रहेको वा पीडामा रहेका बेला यस्तो असामाजिक व्यवहार आउनु सामान्य जस्तै बनेको छ । तर कहिले काहीँ सहयोग गर्न चाहनेलाई नै यस्तो व्यवहारले असर गरेको हुन्छ । यसलाई नियन्त्रणका लागि व्यक्ति स्वयमकै प्रयास सबैभन्दा बलियो हुनु पर्छ ।
२) छाती दुख्नु
ब्रेकअप वा सम्बन्ध विच्छेदपछि व्यक्तिको छाती दुख्ने समस्या देखिन्छ । यस्तो अवस्थामा छातीमा आवश्यक पर्ने जति सास पुग्न पाउँदैन ।
भावनात्मक पीडाका बेला शारीरिक समस्या देखिन्छ । यस्तै मध्ये एक हो छाती दुख्नु । यस्तो बेलामा छातीमा कसैले बेस्सरी हिर्काए जस्तो अनुभव हुन्छ ।
३) लागुऔषधको जस्तै असर
ब्रेकअप वा सम्बन्ध विच्छेदको असर दिमागमा लागुऔषधको जस्तै हुन्छ । लागुऔषधको लत लागेका व्यक्तिलाई त्यो खान नपाएका बेला हुने छटपटी जस्तै हुन्छ ब्रेकअप पछिको छटपटी पनि ।
४) ब्रेकअप र शारीरिक पीडाबिचको सम्बन्ध
ब्रेकअपको असर शारीरिक पीडाको रुपमा पनि देखिन्छ । हुन त ब्रेकअप हो तर त्यो शारीरिक पीडाका रुपमा बाहिर आउँछ । कहिले मुटुको चाल सामान्य भन्दा तीब्र हुने हुन्छ । सहनै नसकिने शारीरिक पीडा हुन्छ ।
५) आँखा सुन्निनु
रुने तथा अनिन्द्राका कारण आँखा सुन्निनु सामान्य हो । सामान्य अवस्थामा आउने आँसुमा नुनको मात्रा बढी हुन्छ । तर ब्रेकअपका बेला आउने आँसुमा नुनको मात्रा कम हुन्छ तर पानी बढी हुन्छ । यसले आँखा सुनिन्छ ।