
काठमाडौँ – विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन्। मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरी नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन्। सरकारी कार्यालयका परिसरमा वर्षौंदेखि सवारीसाधन थुप्रिँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन्।

पुल्चोकस्थित एक सरकारी कार्यालय पछाडि राखिएको पुराना गाडी।

पुल्चोकस्थित कृषि विभाग परिसर।

पुल्चोकस्थित जलश्रोत अनुसन्धान तथा विकास केन्द्रको परिसर।

पुल्चोकस्थित ठूला करदाता कार्यालय अगाडि राखिएको गाडी।
केही वर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै छन्। पार्किङ र खुला ठाउँमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्। कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप–कारले परैबाट जिस्काइरहेको जस्तो देखिन्छ। वर्षौंदेखि थन्किएका गाडी मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन्।

पुल्चोकस्थित पुरानो स्थानीय विकास मन्त्रालय परिसर।

बानेश्वर यातयात व्यवस्था विभाग परिसरमा राखिएका बस।

बानेश्वरमा राखिएका ट्रलीबस।

बानेश्वरस्थित हेभी इक्युपमेन्ट डिभिजनमा रहेका प्रयोगमा आएका र नआएका गाडीहरु।
न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातायात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थन्किएका गाडीको तस्बिर संकलन गरेका छन् –

सरकारी कार्यालय परिसरमा थन्किएका गाडी।

सिंहदरवारस्थित रक्षा मन्त्रालय परिसरमा थुपारिएको गाडी।

सिंहदरवारस्थित संस्कृति मन्त्रालय परिसर।

सिंहदरवारस्थित संस्कृति मन्त्रालय परिसरमा राखिएको गाडी।