
ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा २५ जनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुन्दा झण्डै ३०० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन्।
राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी उडेको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
ज्वालामुखीबाट निस्किएको लाभाका कारण एल रोडेओ गाउँ बढी प्रभावित भएको छ । यो सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी बिस्फोट हो । ज्वालामुखी बिस्फोटका कारण १७ लाख मानिस प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् ।

फुएगो ज्वालामुखी बिस्फोट हुँदा धुवाँ र खरानी उडेको छ । तस्बिर : ग्वाटेमाला सरकार

सरकारी अधिकारीले सबैलाई मास्क लगाउन आग्रह गरेका छन् । तस्बिर : एएफपी/गेट्टी इमेज

ज्वालामुखी बिस्फोटबाट उडेको खरानी टाढासम्म पुगेको छ । तस्बिर : एएफपी/गेट्टी इमेज