
काठमाडौँ – शिवरात्री नजिकिएसँगै काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्र पुग्ने भक्तजनको संख्या बढ्दो छ। शिवरात्री यस वर्ष मंगलबार परेको छ।
शिवरात्रीको लागि पाशुपत क्षेत्रका पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गरिएपछि पछिल्लो समय पशुपति पुग्नेहरु भक्तजन ह्वात्तै बढेको हो।
भक्तजनसँगै शिवरात्री मान्न पशुपति पुग्ने जोगी सन्न्यासीहरुको संख्या बढिरहेको छ। शिवरात्री शिवमार्गीहरुको ठूलो पर्व हो। यही शिवरात्रीको क्रममा पशुपति क्षेत्रमा देखिएको दृश्य देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन्।
हेरौं केही तस्बिर-