
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्।
भगवान शिवको पूजा आराधना गरिने हिन्दुधर्मावलम्वीहरुको पर्व महाशिवरात्रीमा पशुपतिको दर्शन गर्न पूर्वराजा शाह मंगलबार साँझ पशुपति पुगेका हुन्।
पूर्वराजा शाह पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए। पशुपतिमा सर्वसाधारणको भीडले उनको गाडीलाई घरेको थियो। भीडभाडका बीच उनले पशुपतिनाथको दर्शन गरेका छन्।
पशुपतिमा बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको थियो।