अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन

अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन
+
-

चितवन – सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन । त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताउछन्। उनको भनाईमा यस अस्पताललाई आगामी पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा सरकारको १५० शय्या बराबरको जनशक्ति मात्रै छ, जबकि अस्पतालमा ६०० शय्या सञ्चालन गरिएको छ ।

सरकारले पाँच सय शय्याको सङ्घीय अस्पताल घोषणा गरिसके पनि यसका लागि आवश्यक जनशक्ति नहुँदा दिनुपर्ने सेवा दिन कठिन भएको गुनासो गर्दै उनले भने, “ओएनएम सर्भेमा सुरुमा ७०० र थप गर्दै लगेर पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति पु¥याउनुपर्ने उल्लेख छ ।”

विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अन्य अस्पतालसँगै यस अस्पताललाई पनि अतिविशिष्ट सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।

हाल अस्पतालमा ७५० कर्मचारी कार्यरत रहेकामा १७५ दरबन्दी मात्र सरकारी हो । एकसय २० जना करार सम्झौतामा र बाँकी अस्पतालको विकास समितिबाट करार तथा दैनिक ज्यालादारीमा कार्यरत छन् । बयाननब्बे विशेषज्ञसहित १२० चिकित्सक छन् ।

एकसय पचास दरबन्दी त जिल्ला अस्पताल हुँदाको अवस्थाको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताए। शय्या अनुसारको दरबन्दी नहुँदा सेवाप्रवाहमा असर परेकोे छ ।

सरकारले भौतिक पूर्वाधार र अन्य कुरामा चासो दिए पनि जनशक्ति थप गर्न नसकेको उनको गुनासो छ । हाल अस्पतालमा सरकारी ३०० शैया र अस्पताल विकास समितिको ३०० गरी ६०० शैया सञ्चालनमा छ ।

अस्पतालमा ३०० शैया हुँदाको दरबन्दीसमेत हालसम्म कार्यान्वयन हुन सकेको छैन । कर्मचारी थप्नुपर्ने विषयमा पटक पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको भनाइ छ ।

अस्पतालमा मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्किन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्री, न्युरो सर्जरी, सिटिभिएस, डेन्टल, कार्डियोलोजी, आँखालगायत विभाग सञ्चालनमा छन् ।

अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्गमा बिरामी आउने गरेका छन् । यहाँ १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउछन्। विसं २०१३ मा १५ शय्याको हेल्थ सेन्टरका रुपमा स्थापना भएको यो अस्पताल ‘महेन्द्र आदर्श चिकित्सालय’ को नाममा २०२० पुस १४ गते स्थापना गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?