
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीमा विराेध प्रदर्शन र जनसभा गरेका छन्।
फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गरेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै र्याली निकालिएकाे थियाे।
नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध आन्दोलनमा छन्।
यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तरक्रिया गर्दैछ। फागुन २४ मा देशव्यापी विरोध प्रदर्शन र सभा गर्नेछ। फागुन २६ मा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ। फागुन २८ मा युवाहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ।