जनकपुर–पोखरा सीधा हवाई सेवाको सुरु

गण्डकीका मुख्यमन्त्री पोखरेल मधेसको भ्रमणमा

गण्डकीका मुख्यमन्त्री पोखरेल मधेसको भ्रमणमा
+
-

जनकपुरधाम – गणडकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मधेस प्रदेशको भ्रमणमा आएका छन्।

शनिबारदेखि सुरु भएको जनकपुरधाम–पोखरा हवाई सेवाअन्तर्गत पोखराको पहिलो फ्लाइटबाट मुख्यमन्त्री पोखरेल १८ जनाको टोलीसहित मधेस प्रदेशको भ्रमणमा आएका हुन्।

मधेसको तीनदिने भ्रमणमा आएका उनले आजको दिन ऐतिहासिक रहेको र यसलाई शब्दमा बयान गर्न नसकिने सञ्चारकर्मीहरुलाई सुनाए। ‘पोखराबाट जनकपुरधाम आउँदा करिब ४०-४५ मिनेट लाग्दा जुनमलाई जुन अनुभूति भयो, त्यो शब्दमा भन्दा पनि भावनात्मक थियो’, मुख्यमन्त्री पोखरेलले भने।

गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले थपे, ‘मधेस प्रदेशको पनि अन्य क्षेत्र होला तर धार्मिक पर्यटकीय क्षेत्र पनि छ। यसलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ।’

मुख्यमन्त्रीसहितको टोलीलाई स्वागत गर्दै मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले हवाई कनेक्टिभिटी बढेकोले यो ऐतिहासिक दिन रहेको बताए। उनले मधेस प्रदेशको सम्भावना बोकेको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा मुख्यमन्त्री पोखरेललाई अवलोकन भ्रमण गराइने जानकारी दिए।

मन्त्री महतोले यसले गण्डकी र मधेस प्रदेशबीच आत्मीय सम्बन्ध झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

बुद्ध एअरले शनिबारदेखि जनकपुरधाम–पोखरा सीधा हवाई सेवा सुरु गरेको छ। अहिले हप्तामा तीन दिन र पछि यात्रुको चापअनुसार सेवा थप गरिने जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए।

अहिले सोमबार, बिहीवार र शनिबार बुद्धका विमानले जनकपुरधाम–पोखरा उडान भर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?