पौडेर प्रशान्त महासागर तर्ने आँट

पौडेर प्रशान्त महासागर तर्ने आँट
+
-

फ्रान्सेली पौडीबाज (स्वीमर) ले पौडेरै प्रशान्त महासागर पार गर्ने अभियान सुरु गरेका छन् । ५१ वर्षका फ्रान्सेली पौडीबाज बेन लेकोम्टले पौडेर प्रशान्त महासागर तर्ने पहिलो व्यक्ति बन्ने अभियान सुरु गरेका हुन् ।

उनले त्यसका लागि ६ महिना भन्दा बढी दिनको ८ घण्टा पौडिने छन् । उनले यसको सुरुवात जापानबाट पौडी यात्रा सुरु गरेका छन् । उनी पौडेर अमेरिकाको पश्चिम तटीय क्षेत्र तर्फ लाग्ने छन् ।

उनको यो अभियानमा शार्क, आँधी, जेलीफिसुका झुण्ड तथा निकै कम तामक्रमको पानीसहितका चुनौती समना गर्नु पर्नेछ । उनले पौडेर ९ हजार किलोमिटर पार गर्ने योजना छ । यसक्रममा लेकोम्टले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने छन् ।

यस्तै वैज्ञानिकको समूहले अनुसन्धान पनि गर्ने छन् । वैज्ञानिकको समूहले समुद्रमा रहेको प्लाष्टिक फोहोर, फुकुसिमा न्युक्लियर डिजास्टरको असर लगाएका विषयमा अनुसन्धान गर्नेछ ।

अमेरिकामा बस्दै आएका लेकोम्टले ६ वर्षभन्दा बढी समयको तयारी पछि यो यात्रा सुरु गरेका हुन् । उनले हरेक दिन घण्टौँसम्म खुला पानीमा प्राक्टिस गर्ने गरेका थिए ।

यो तयारीपछि मानसिक रुपमा आफू तयार भएको उनले बताएका छन् । उनले सन् १९९८ मा ट्रान्स एट्लान्टिक स्वीम गरेर ६ हजार ४ सय किलोमिटर पार गरेका थिए । उनले त्यो दूरी ७३ दिनमा पारे गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?