हुम्लाको कल्खेमा पुग्यो गाडी, स्थानीयले मनाए खुसीयाली

हुम्लाको कल्खेमा पुग्यो गाडी, स्थानीयले मनाए खुसीयाली
+
-

सिमकोट – हुम्लाको दक्षिणी क्षेत्रस्थित अदानचुली गाउँपालिका–१ को कल्खे गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्। दुर्गम कल्खेमा गाडी पुगेपछि स्थानीय बासिन्दाले हर्सोल्लास मनाएका हुन्।

कल्खेका स्थानीय मोतीलाल महताराले स्थानीयलाई गाडीमार्फत गाउँ पुर्याएका थिए। पहिलोपटक गाउँमा गाडी पुगेको र त्यसमाथि वडासम्मै सवारीसाधन सञ्चालन भएपछि स्थानीयले खुसीयाली मनाएका छन्।

सडक भए पनि कल्खेमा यसअघि गाडी पुगेको थिएन। अहिले घरआँगनमै गाडी गुडेपछि आफूहरुमा खुसीको सीमै नभएको कल्खेवासीले प्रतिक्रिया दिएका छन्।

महताराले गाउँपालिका केन्द्र श्रीनगरबाट पहिलोपटक गाउँमा गाडी पु¥याउँदा उनलाई स्थानीयले फूलमाला र अबिरले स्वागत तथा सम्मान गरेका थिए। स्थानीयले एकापसमा अबिर छर्केर खुसीयालीसमेत मनाएको उनले बताए। गाउँवासीले उनीसँगै गाडीका चालक र यात्रुलाई स्वागत गर्दै सगुनपात बाँडेर खाएका थिए।

गाडी धनी महताराले अब कल्खे गाउँबाट बाजुराको धुलाचौरसम्म यातायात सुचारु गर्ने जानकारी दिए। गाउँमा सवारीसाधन सुञ्चालन हुने भएपछि स्थानीयलाई आवतजावत र खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्न सहज हुने भएको छ।

कल्खेमा गाडी गुडेसँगै अदानचुली गाउँपालिकाका चार वटा वडा सडक यातायातसँग जोडिन पुगेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?