रसुवागढी नाकाबाट आयात बढाउन चीन सहमत

रसुवागढी नाकाबाट आयात बढाउन चीन सहमत
+
-

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमा अधिकारीबीच छलफल भएको छ। दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो।

भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए। अहिले नाकाबाट दैनिक नौ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ।

कोभिड–१९ को प्रभाव चीन र नेपाललगायत विश्वभर नै न्यून हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले नाका कोभिड पूर्वको अवस्थामा नै सञ्चालन गर्ने विषयमा छलफल गरिएको उनले बताए।

नेपाल पक्षले नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो। यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ।

बैठकमा केरुङमा व्यापार व्यवसाय गर्दै आएका नेपालीहरू कोभिडका कारण केरुङ फर्किन नपाएकाे र अहिलेसम्म पनि घरभाडा तिर्नुपरेकोले यसमा सहजीकरण गर्न, नेपालमा २५ हजार मेट्रिक टन रासायनिक मल आयात हुन बाँकी रहेकाले ग्रिन च्यानलमार्फत आयात हुने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा जिल्लाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरिएको छ।

चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध वस्तुको चोरी, सिकारी, पैठारी र अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ जैसीले बताए। नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी जैसी र चीनको तर्फबाट ची लोङ काउन्टीका मेयर ता छोनले बैठकको नेतृत्व गरेका थिए।

नेपाल पक्षको मागबमोजिम नाकाबाट सामग्रीको आयात बढाउनेबारे चीन तयार रहेको ची लोङ काउन्टीका मेयर छोनले जानकारी दिएको प्रजिअ जैसीले बताए। चिनियाँ अधिकारीले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड–१९ को नियन्त्रण एवम् रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डढेलो नियन्त्रण गर्नका लागि विशेष पहल गर्न आग्रह गरेका थिए।

विश्वव्यापी फैलिएको कोभिड १९ का कारण १५ माघ २०७६ देखि २२ जेठ २०७७ सम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता चीनले एकतर्फी नाका सञ्चालन गरेको छ। -न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?