वातावरण दिवसमा फरक शैली !

चाउचाउ, विस्कुट, चकलेटको खोलबाट ढकिया!

चाउचाउ, विस्कुट, चकलेटको खोलबाट ढकिया!
+
-

दाङ-पानी खाएर बचेको बोतल, चाउचाउ, बिस्कुट, चकलेट खाएर बचेको प्लास्टिकलाई के गर्नुहुन्छ? पक्कै जलाउनु हुन्छ होला! यसो गर्दा वातावरण थप दूषित हुन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि तपाई त्यसलाई आगो लगाउन पुग्नुहुन्छ । तर, यसरी संकलन भएको प्लास्टिकको पुनः प्रयोगको लागि भने कति ध्यान दिनुभएको छ ।

मंगलबार लमहीमा भने प्लास्टिकको पुनः प्रयोग बारे विद्यार्थिहरुले अभ्यासनै गरेर देखाएका छन् । विश्व वातावरण दिवसमा युवा विद्यार्थिहरुले रचनात्मक शैलि अपनायर दिवस मनाए ।

विश्व वातावरण दिवसको अवसरमा सडक सफा गर्ने बाहेक रचनात्मक कृयाकलाप कमै देखिएको छ । तर, लमहीमा भने फरक शैलिमा वातावरण दिवस मनाइएको हो । कृषि अध्ययन गरिरहेका विद्यार्थिहरुले विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक जन्य वस्तुको पुनः प्रयोगमा जोड दिएर निर्माण गरिएका सामाग्रीहरु सार्वजनिक गरेका छन् ।

चाउचाउ, विस्कुट, चकलेट खायर बचेको प्लास्टिकबाट ढकिया बनाइएको छ । पानी, कोक, फेण्डाको बोत्तल बाट गमला तथा गार्डेन बनायर देखाइएको छ । प्लास्टिकबाट पुनः प्रयोग गर्न सकिने सामाग्रिहरु तयार पारेर सार्वजनिक गरिएको छ । राप्ती गाउँपालिका वडा नं. ४ मौरिघाट निवासी स्मृती चौधरीले प्लास्टिकबाट बनाएको ढकिया प्रथम भएको छ ।

‘चाउचाउ, विस्कुट, चकलेट खायर फालिएको प्लास्टिकको सहि सदुपयोग गर्न सकिन्छ । थारु समुदायमा परम्परागत रुपमा बनाईदै आएको ढकियालाई खेर गएको प्लास्टिक बाट पनि बनाउन सकिन्छ भन्ने सन्देश दिन ढकिया बनाएका हुँ’चौधरीले भनिन्–‘वातावरण प्रदुषणको प्रमुख कारक प्लास्टिक बन्न पुगेको छ । यसलाई जालाउने भन्दा पनि यसको पुनः प्रयोगमा हामिले ध्यान दिन सक्छौं ।’जलवायु परिवर्तनका लागि नेपाली युवा सञ्जालले लमहीमा प्लास्टिक जन्य बस्तुले निम्त्याएको समस्या र समाधानको उपायको बारेमा छलफल समेत गरेको छ ।

सञ्जालका जिल्ला संयोजक राजेश कवरको अध्यक्षता एवम् लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्दै नगर प्रमुख केसीले प्लास्टिक जलाउने कार्यलाई पूर्णरुपमा रोक लगाउने प्रतिवद्धता जनाए । कृषि विषयका प्रध्यापक तेजप्रसाद शर्माले प्लास्टिक जन्य बस्तुको पुनः प्रयोग गरेर गमला, गाडर्नेहरुमा प्रयोग गर्न सकिने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?