
काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएकाे छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएकाे हाे।
पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल भइरहेकाे जानकारी दिए। उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ।
निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा पनि छलफल हुने पार्टीले जनाएकाे छ।
सचिवालय बैठकअघि पार्टीले फागुपूर्णिमाकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरेकाे थियाे।