विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ
+
-

काठमाडौँलागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।

मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो।

उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१.७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ।

पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन्। यस्तै नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ।

त्यस्तै मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ र काभ्रेपलान्चोकका ३३ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन्। गुरुङलाई लागुऔषध उपलव्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार यादव र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ।

यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको छ। उनीहरु सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?