एकीकृत समाजवादीले सातै प्रदेशमा नेता खटाउने

एकीकृत समाजवादीले सातै प्रदेशमा नेता खटाउने
+
-

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले भूगोलमा गएर वास्तविक अवस्था पहिचान गर्न केही अग्रज नेतालाई प्रदेशमा खटाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

निर्वाचनका लागि ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’ भन्ने मूल चुनावी नारा तयार गरिएको छ।

बैठकले गण्डकीमा उपाध्यक्ष जयन्ती राई, कर्णालीमा महासचिव बेदुराम भुसाल, प्रदेश नं १ मा उपमहासचिव प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गङ्गालाल तुलाधार, लुम्बिनीमा उपमहासचिव विजय पौडेल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ।

अनुगमनमा खटिने नेताहरुले सातैवटा प्रदेश, वडा, गाउँ र पालिकासम्म पार्टीको वास्तविक अवस्थाको अध्ययनपछि आगामी दिनमा आवश्यक रणनीति बनाइने छ। सातैवटा प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्न नेता पठाउने निर्णय भएको छ। यो नेताले सातैवटा प्रदेशमा गरेको कामको रिपोर्टिङ ल्याउनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?