
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकनमा गर्ने भएका छन्।
देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका हुन्।
माथिल्लाे तामाकाेसीपछि उनले खिम्ती जलविद्युत आयोजनाको पनि शनिबार नै अवलोकन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। माथिल्लो तामाकोसी र खिम्ती जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन्।