त्रिभुवन विमानस्थलबाट १२६८ ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १२६८ ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ
+
-

काठमाडौँ – प्रहरीले १२६८ ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा आइतबार नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरालाई नियन्त्रणमा लिइएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध नियन्त्रण शाखाका अनुसार गतिविधि शंकास्पद देखिएकोपछि मेहरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो।

मेहरालाई कार्यालयको आगमन भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पुर्‍याई शौच गर्न लगाउँदा उनको मलद्वारबाट हरियो रंगको टेपले बेरिएको सेतो रंगको प्लास्टिकभित्र बेलनाकार बनाइएको अर्धठोस सुनको पोका थान २ को अन्दाजी तौल १२६८ ग्राम फेला परेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अवैध रुपमा लुकाईछिपाई भन्सार छली गरी लैजान लागेको उक्त सुनको अन्दाजी मूल्य एक करोड ८ लाख ४९ हजार ६४२ रुपैयाँ रहेको छ।

कार्यालयले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि पक्राउ परेका भारतीय नागरिक मेहरा र सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?