
काठमाडौँ – नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले बाँकी पदाधिकारी टुंग्याएको छ।
गएको मंसिर २५ देखि २७ गतेसम्म भएको प्रदेश सम्मेलनले गायत्री गुरुङको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो।
प्रदेश सम्मेलनमा कुरा नमिलेपछि बाँकी पदाधिकारी टुंगिएको थिएन। तर प्रदेश सम्मेलन सकिएको करिब ४ महिनापछि बुधबार बाँकी पदाधिकारीहरुको निर्वाचन भएको छ। जसमा तीन उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), ज्ञामनाथ गैह्र (बाग्लुङ) र मित्रशरण शर्मा (नवलपुर) चुनिएका छन्।
सचिवमा गोर्खाका जगन्नाथ खनाल चुनिँदा ३ सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने (तनहुँ), मेखबहादुर भण्डारी (लमजुङ) र टेकबहादुर बिक (म्याग्दी) निर्वाचित भएका छन्।
माओवादी गण्डकी प्रदेशको कोषाध्यक्षमा भने स्याङजाकी तारा भुसाल निर्वाचित भएकी छन्।