
काठमाडौँ – देशभरको मौसम बिहीबार सामान्यतया बलदी हुने र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा, पूर्वी वायु र न्युन चापिय प्रणालीका कारण देशभरको मौसम बदली भएको हो ।
मध्य पश्चिम र सुदूर पश्चिमका तराई भेगमा केही कम भए पनि देशका अरु ठाउँमा भने पानी बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताए ।
यस्तै मनसुनी प्रणाली नेपाल नजिकै आएको र अब चाँडैनै मनसुन सुरु हुने उनले बताए । उच्च वायुमण्डल तथा पूर्वी वायु र बंगलको खाडीबाट आउने वायुमा मनसुनी गुण रहेको र अबको एक दुई दिनमा नेपालमा मनसुन सुरु हुने उनले बताए ।