वाङ यीको नेपाल भ्रमण : सवारी डाइभर्सन नगरिने, विमानस्थलमा प्राथमिकता

वाङ यीको नेपाल भ्रमण : सवारी डाइभर्सन नगरिने, विमानस्थलमा प्राथमिकता
+
-

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आइपुग्दै छन्।

उनी तीन दिनको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीबाट काठमाडौँ आउन लागेका हुन्।

वाङ नेपाल भ्रमणका क्रममा आउँदा राजधानी काठमाडौंको ट्राफिक व्यवस्थामा केही झन्झट हुने धेरैले अनुमान गरेका छन्। तर, महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार भने सवारी डाइभर्सनजस्ता कुराको कुनै तयारी नै छैन। 

‘हामीलाई त कतिबेला आउनुहुने हो भन्नेसम्म पनि आधिकारिक जानकारी पनि छैन,‘ उनले भने, ‘आधिकारिक जानकारी नभएका कारणले पनि हामीले सवारी डाइभर्सनबारे सोचेका छैनौं।

बिशिष्ट व्यक्तिहरु नेपाल भ्रमणका क्रममा आउँदा उनीहरुलाई प्राथमिकता दिने चलन रहेका कारण काठमाडौंको सवारी डाइभर्सन हुने धेरैको अनुमान थियो।

एसपी दास भन्छन्, ‘सवारी डाइभर्सन गर्नै परे पनि आम सर्वसाधारणलाई असर नपर्ने गरी व्यवस्था मिलाउँछौं।

उता विमानस्थलमा भने वाङ आउने फ्लाइटलाई प्राथमिकतामा राखिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। 

उनले  भने, ‘उहाँ आउने फ्लाइटलाई केही प्राथमिकतामा राखेका छौं तर उडान नै प्रभावित हुने गरी कुनै व्यवस्था गरेका छैनौं।

उनका अनुसार वाङको फ्लाइटसँगै आउने १ देखि २ वटा विमानलाई भने केही बेर आकाशमै होल्ड गरिने छ।

वाङ शुक्रबार दिउँसो साढे ३ बजे काठमाडौँ आइपुग्ने उनले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?