केपी ओली कम्युनिष्टको आवरणमा जन्मिएका तानाशाह हुन् –अध्यक्ष नेपाल

केपी ओली कम्युनिष्टको आवरणमा जन्मिएका तानाशाह हुन् –अध्यक्ष नेपाल
+
-

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन्।

काठमाडौँमा आइतबार भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका हुन्।

उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए।

अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणीसमेत गरे। हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृत्ति देखाइरहेको उनको आरोप थियो।

‘केपी ओलीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृत्तिहरु देखिए, कंशमा के के प्रवृत्तिहरु देखिए, शिशुपालले सय वटा के के अपराध गर्‍यो र हिटलरले के के कुकृत्य गरेको थियो? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्’, नेता नेपालले भने, ‘डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो। डेमोक्रेसीको आवरणमा बोल्यो। डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ। तानाशाह पनि जन्माउँछ। कांग्रेस वा भनौँ हाम्रा विपक्षीहरुलाई के भन्नुपर्छ भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन् नि, होइन, कम्युनिष्टको आवरणमा पनि तानाशाहहरु जन्मिँदा रहेछन्।’

डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरुको आवरणमा पनि तानाशाह जन्मिने उनले औंल्याए। ‘कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने होइन’, अध्यक्ष नेपालले भने, ‘यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृत्ति हो।’

उनले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढिरहेको दाबीसमेत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?