सीमा पिल्लर मर्मत: जोर भारत, बिजोर नेपालले

सीमा पिल्लर मर्मत: जोर भारत, बिजोर नेपालले
+
-

दाङ– नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत दाङ जिल्लामा निर्माण गरिएका सीमा स्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ।

नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको हो। लामो समयसम्म सीमा स्तम्भ मर्मतको काम नहुँदा इँट्टा र सिमेन्टले बनाइएका स्तम्भ भत्किएका थिए।

‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सिमा स्तम्भ मर्मतको काम अघि बढाएको हो,’ प्रमुख नापी अधिकृत बलराम पोखरेलले भने– ‘जोर नम्बर भएको सिमा स्तम्भ भारत तर्फबाट र बिजोर नम्बर रहेको सिमा स्तम्भको मर्मत नेपाल सरकारको तर्फवाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ।’

पूर्वमा कपिलवस्तु र पश्चिममा बाँकेको सिमानासम्म दाङ जिल्लामा ७७ वटा सिमा स्तम्भ छन्। यीमध्ये अहिले ६७ वटा स्तम्भ जीर्ण छन्। ती सीमा स्तम्भ मर्मत गर्नुपर्ने छ।

६०१ नम्बरको स्तम्भ पुनर्निर्माण गर्नुपर्ने र थप अर्काे स्तम्भ खोलाले बगाएको विवरण नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयसँग छ। सीमा क्षेत्रमा तीन प्रकारका स्तम्भ वनाइएका छन्। मुख्य स्तम्भ जग्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकार।

दाङ जिल्लामा मुख्य र सहायक गरी दुई प्रकारका मात्रै सीमा स्तम्भ छन्। मुख्य स्तम्भ ३७ वटा रहेकोमा ३२ वटा जीर्ण छन्। ४० वटा सहायक स्तम्भ मध्ये ३५ वटा मर्मत गर्नुपर्ने छन्। दाङ जिल्लाभित्र ८३ किलोमिटर नेपाल–भारत सिमा क्षेत्र छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?