कांग्रेस केन्द्रीय बैठक सकिँदै, चुनावी गठबन्धनबारे औपचारिक निर्णय गरिने

कांग्रेस केन्द्रीय बैठक सकिँदै, चुनावी गठबन्धनबारे औपचारिक निर्णय गरिने
+
-

काठमाडौँ – नेपाली कांग्रेसले आगामी स्थानीय तह चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे सोमबार निर्णय लिने भएको छ।

चुनावी अभियानअन्तर्गत जिल्ला–जिल्लमा खटिएका प्रतिनिधिहरुको रिपोर्टको आधारमा कांग्रेसले चुनावी गठबन्धन गर्नेबारे निर्णय लिने भएको हो।

शुक्रबारदेखि सुरु बैठकमा चुनावी अभियानमा खटिएका प्रतिनिधिहरुले रिपोर्ट प्रस्तुत गरेका छन्। रिपोर्ट प्रस्तुत गर्ने अधिकांश सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन्।

कांग्रेसमा स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल गर्नुपर्ने र गर्न नहुने दुई पक्ष स्पष्टसँग देखिएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीहरु पक्षीय नेताहरु सत्ता गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् भने नेता शेखर कोइराला र उनी पक्षका नेताहरु स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने पक्षमा छन्। उनीहरुले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न नहुने र गठबन्धन गर्नैपर्ने भए केन्द्रबाट नभई स्थानीय तहबाट हुनुपर्नेमा जोड दिँदै आएका छन्।

केन्द्रीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार साढे १२ बजेदेखि सुरु हुँदैछ। आइतबारको बैठकमा ५४ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका थिए। सोमबार बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?