
पूर्वयुवराज पारस शाह बिहीबार पशुपतिनाथ मन्दिर नजिकै रहेको गोरखनाथ मन्दिर परिसरमा पुग्दा त्यहाँका बाँदरसँग लोभिए।
उनले बाँदरलाई केही खान दिन खोजे र बाँदर उनीसँग झ्याम्मियो। उनी पनि बाँदरसँग लठ्ठै परे।
पूर्वयुवराज पारस शाहको यो बाँदरप्रेम हेर्न लायक थियो।
गोरखनाथ मन्दिर परिसरमै रहेकी देशसञ्चार फोटो पत्रकार बर्षा शाहले पूर्वयुवराज र बाँदरबीचको प्रेम तस्बिरमा उतारिन्।