
शहरका साँढे गाउँमा चर्ने बेला आयो
दुईचार गेडा यताउति छर्ने बेला आयो।।
लाटा जाने मसि दल्न घुम ओढिकन
झोलेका थोत्रा झोला भर्ने बेला आयो।।
पुराना खाइ अघाए नयाँ कम्मर कसे
घुमिफिरि अब पालो सर्ने बेला आयो।।
साँचो बोलौँ गोरु चुटाइ जिउमा खतरा
जाली फटाहा झुटाकुरा गर्ने बेला आयो।।
यस्पालि झुक्याउनलाई साह्रोगाह्रो पर्ला
खाइ आको हण्डी पानी हर्ने बेला आयो।।
पुल तुइन बनाउँ भन्दा तेल हालि बसे
आज अर्काको बुइ चढि तर्ने बेला आयो।।
गाउँ खाएर घरघडेरी राजधानिमा तमाम्
हेरि बसौँ तिनका तुजुक झर्ने बेला आयो।।