स्थानीय तहको निर्वाचनमा केन्द्रबाट सबै निर्णय लादिँदैन – वरिष्ठ नेता पौडेल

स्थानीय तहको निर्वाचनमा केन्द्रबाट सबै निर्णय लादिँदैन – वरिष्ठ नेता पौडेल
+
-

चितवननेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्।

शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए।

‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ’, उनले भने, ‘तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ।’

वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताए। उनले भने, ‘केन्द्रबाट सबै निर्णय लादिँदैन। यस्तो नीति कांग्रेसको छैन।’

अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उनले यसलाई जोगाउनुपर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताए।

अहिलेको गठबन्धन कडा र नरम नभएको भन्दै उनले तालमेलको विषयमा प्रारम्भिक छलफलहरु भइरहेको बताए। वरिष्ठ नेता पौडेलले अहिले नै कस्ले कहाँ छोड्ने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुङ्गो लाग्ने बताए।

फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेसका कार्यकर्ताहरुलाई निराशा हुनुपर्ने अवस्था नरहेको बताए। ‘निरास हुनुपर्ने अवस्था छैन। रूखलाई छोड्ने कुरै छैन’, उनले भने, ‘चितवनका साथीहरु समझदार हुनुहुन्छ।’ –रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?