नवजात शिशुको शव कुकुरले च्यापेर हिँडिरहेको तस्बिरको वास्तविकता के हो?

नवजात शिशुको शव कुकुरले च्यापेर हिँडिरहेको तस्बिरको वास्तविकता के हो?
+
-

काठमाडौँ– नवजात शिशुको शव बेवारिसे अवस्थामा भेटिँदा कसको मन नरोला र! अझै नवजात शिशुको शव कुकुरले मुखमा च्यापेर हिँडिरहेको दृश्य कतिसम्म हृदयविदारक होला, जो कोहीले सजिलै अनुमान लगाउन सक्छन्।

यस्तै एक हृदयविदारक तस्बिरले शनिबार बिहानै सामाजिक सञ्जालमा चर्चा पायो। जुन तस्बिरमा एउटा कुकुरले मुखमा शिशुको शव च्यापेर हिँडिरहेको देख्न सकिन्छ। उक्त कुकुर सुर्खेतस्थित प्रदेश अस्पताल परिसरमा वरपर गरिरहेको थियो।

घटना देख्ने प्रत्यक्षदर्शीका अनुसार कुकुरले शिशुको टाउको खाइसकेको थियो भने बाँकी शरीर मुखमा च्यापिरहेको अवस्थामा भेटिएको थियो।

समाजिक सञ्जालमा उक्त तस्बीर आएसँगै अस्पताल प्रशासनमाथि नै थुप्रै प्रश्नहरु उब्जिएका छन्। अस्पतालको गैरजिम्मेवारीलाई धेरैले गालीसमेत गरेका छन्। नवजात शिशुको शव भेटिनु आफैमा संवेदनशील विषय रहेको र त्यसमा पनि कुकुरले मुखमा च्यापेर हिँडिरहेको अवस्थामा भेटिनु अत्यन्तै संवेदनशील विषयका रुपमा सामाजिक सञ्जालमा धेरैले व्याख्या गरेका छन्।

नवजात शिशुको शव अस्पताल परिसरमा बेवारिसे भेटिनु दुःखद् भएको भन्दै अस्पतालको आलोचना भएको छ। त्यसमा पनि कुकुरले मुखमा च्यापेर हिँडिरहेको अवस्थामा भेटिनुलाई अस्पतालकै कमजोरीका रुपमा औंल्याइएको छ।

अस्पताल भर्ना भएका एक बिरामीका कुरूवाले उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्नासाथ अस्पतालको लापरबाही भन्दै टीकाटिप्पणी भएको थियो।

कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट उक्त शव खोसेका थिए।

यता अस्पताल प्रशासनले भने उक्त घट्नामा आफूहरुको कमजोरी नरहेको जनाएको छ। प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ। अस्पतालले भने उक्त घटनामा आफ्नो गल्ती नरहेको भन्दै शनिबार विज्ञप्तिसमेत निकालेको छ।

प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले शिशुको शव आफ्नो अस्पतालको भएको बताएका छन्।

‘हामीकहाँ यो हप्तामा जम्मा दुई जना बच्चाको मृत्यु भएको छ, बच्चाको शव अभिभावकले बुझेर लिएर गएका छन्,’ उनी भन्छन्, ‘जुन शिशुको मृत्यु हुन्छ, उनीहरुको शव अभिभावकले छोड्दैनन्। जन्म कार्डसहित लिएर जान्छन्।’

उनी थप्छन्, ‘सिसिटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७ः३७ बजे कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ।’

मृत भेटिएको शिशु कसको हो भन्ने पहिचान भइसकेको र शिशुकी आमाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धान गर्दा आठबिस नगरपालिका–९ दौलेखकी २५ वर्षीया एक महिलाको बच्चा रहेको प्रहरीको भनाइ छ।

‘ती महिला अस्पताल भर्ना हुनुभएको रहेछ। त्यसपछि मृत बच्चा जन्मिएपछि अस्पतालले बिदा दिएको रहेछ,’ सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्ती भन्छन्, ‘मृत बच्चा बुझेर त्यसको अन्त्यष्टि गर्नुको सट्टा अस्पतालदेखि केही पर लगेर यतिकै छोडिदिनुभएछ। त्यसपछि कुकुरले बोकेर ल्याएको रहेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?